आर्थिक

लक्ष्मी बैंक र थुलुङ्ग दुधकोशी गाउँपालिका बिच सम्झौता

२२ पुस, काठमाडाैं । लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता सम्पन्न गरेको छ । यस सम्झौता अन्तर्गत उक्तगाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानिय उद्यमि, सहकारी लगायतअन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमाकर्जा प्राप्तगर्न सक्नेछन् । एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्गदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरे । सो कार्यक्रममा लक्ष्मी बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाहले गाउँपालिकाहरुमा कृषि तथा पर्यटन लगायत सम्भाव्यता बोकेका क्षेत्रहरुमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको धारणा ब्यक्त गरे । यस सम्झौताले स्वरोजगार तथा उद्यमशिलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।