आर्थिक

ग्लोबल आइएमई बैंकको १४औं वार्षिकोत्सवको अवसरमा ग्लोबल स्मार्ट माक्यास ब्याक योजना

२२ पुस, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलेआफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमामोबाइल बैकिङ तथाग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजनाल्याएको छ ।
बैंकको मोबाइल बैकिङ/ग्लोबल स्र्माट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेको ग्राहकहरुले ग्लोबल स्र्माट प्रयोग गरी प्रथम पटकको कुनैपनि कारोबारमा (वालेट लोड तथामोबाइल टपअप बाहेक) ५० र क्यू आरमार्फतको पहिलो भुक्तानीमा १०० नगद प्राप्त(क्यासब्याक)हुनेछ ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको छ ।
यसका साथै ग्लोबल आइएमई बैंक आफ्ना समस्त ग्राहकहरुमा ग्लोबल स्मार्ट प्रयोग गर्दै बैंकलाई अनवरत रुपमा साथदिँदै आएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

सबै क्षेत्र रवर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ ऋम्क् ऋभिबचष्लन काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर तथा ३ बैदेशिक प्रतिनिधि÷सम्पर्क कार्यालय समेत गरी करिब ७९७ सेवा केन्द्रबाट आफ्ना ग्राहक तथा सेवा ग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।