संगम बिष्ट/२५ पौष, चक्रघट्टी। नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नं ४ प्रदेश सभा १ को आयोजनामा वराहक्षेत्रको चक्रघटीमा शनिवार बिरोध प्रद्बशनसंगै सभा सम्पन्न भएको छ । कम्युनिस्टको किल्ला भनेर चिनिने वराहक्षेत्र नगरपालिकाको केन्द्र चक्रघटीमा आयोजना भएको कम्युनिस्ट सरकारले गरेको संदस बिगठनको बिरोध गर्दै हजारौं कांग्रेसका कार्यक्रर्ताहरु सहभागी भएका थिए ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्यण बमोजिम एकै दिन देशमा ३ सय ३० वटै क्षेत्रिय प्रदेश सभामा बिरोध प्रदशन गर्ने निर्माण बमोजिम क्षेत्र नं ४ को प्रदेश सभा १ ले आयोजना गरेको बिरोध प्रदशनमा सहभागीहरुले चक्रघटि नगर प्ररिक्रपमा समेत गरेका थिए ।
वसपार्कबाट सुरु भएको र्याली मुनान चौक, रेल्वेलाई हुँदै आइतबार, बुधबारे चोक हुँदै पुर्न चक्रघट्टिको बस पार्कमा सभाको रुपमा परिनत भएको थियो । र्यालीमा सहभागीहरुले कम्युनिस्ट सरकारको कदम बिरुद्ध चर्को नारा समेत लगाएका थिए । संबिधानको बिरुद्ध असैबिधानिक संदस बिगठ केपि ओलिको सनकले जनताको आन्दोलनबाट प्राप्ति उपलब्धिहरु खतरामा भरेको भन्दै सरकारसंगै कम्युनिस्ट पार्टी बिरुद्ब नाराबाजि गरेका थिएका थिए । कार्यक्रममका प्रमुख वक्ता रहेका केन्द्रीय सदस्य कार्कीले पाच वर्ष चलाउने हिसाबले कमनिष्टले जुन प्रतिबद्धता दिएको थियो त्यो पूरा गर्न नसकेको बताए । अहिले संसदनै बिघटन गरेको छ । फुस्रा भाषण र अनैतिकता कुरा गरेर हिड्ने कम्युनिस्ट सरकारको बिश्वासमा अव जनता पर्नु नहुने बताए । नालायक सरकारले कुनै पनि जनताको हितमा काम नगरेको उल्लेख गर्दै अव यस्तो बकमपुसे कुरामा नअल्जिन समेत आव्वान गरे। उनले भने जनताको हितको लागि सदैब काङ्ग्रेस छ । नेपाल प्रजातान्त्रिक व्यवस्था ल्याउने र राजतन्त्र हटाउने अभियानको मुख्य कर्ता नै नेपाली काङ्ग्रेस रहेको बताए ।
नेकपालगायतका सयौं कार्यकर्तालाई नेपाली काँग्रेस प्रवेश गराउँदै बिरोध सभाको प्रमुख अतिथ्यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए । सभामा नेपाली कांग्रेसका महा– समिति सदस्य तथा राज्य प्रशासन बिभाग सदस्य बाबुराम बिष्ट, महा– समिति सदस्य तथा गत निर्वाचनमा प्रदेश सभाका उमेदवार रेवती रमण दुलाल , महा-समिति सदस्य तथा नेपाल महिला संघ केन्द्रीय सदस्य अनु गुरुङ, क्षेत्र नं ४ सभापति अयुब अन्सारी, महासमिति सदस्य नन्द सिक्देल, जिबन बिष्ट, कांग्रेस नेताहरु मुना रिजाल अधिकारी, क्षेत्र नं ४ प्रदेश सभा १ सभापति उपेन्द्रबहादुर कट्बाल, सुरेन्द्र गुप्ता, शम्भु साह, शुशिला पौडेल खनाल, रत्न बहादुर राउत, शंकर बस्नेत, कालुराम चौधरी, पवन चाम्लिङ्ग, मधुकर तामाङ्ग, तेजु गुरुङ्ग रमेश कार्कीलगायतको उपस्थिति थियो ।





