८ माघ, काठमाडौं । बराहक्षेत्र नगरपालिकामा सरकार बिरुद्ध नेपाली कांग्रेसले १ देखि ११ वटै वडामा शक्ति प्रर्दशन गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय बमोजिम बिहिबार बराहक्षेत्रको ११ वटै वडा सहित देशभरका ६ हजार ७ सय ४३ वटैमा एकसाथ सदन बिघटन बिरुद्ध कांग्रेसले शक्ति प्रदर्शन गरेको हो ।
वडा नं १ ले आयोजना गरेको र्याली खहरेवाट सुरुभई वस स्टेन हुँदै वराहक्षेत्र वडा नं २ को शैनिक, वयरबन, जागृत चोक हुँदै हाटखोला पुगेर पुर्न सोही रुटहुँदै बस स्टेनमा आएर सभामा परिनत भएको थियो । सभामा वडा नं २ ले पनि उपस्थिति जनाएको थियो ।
सभामा नेपाली कांग्रेस वडा नं १ सदस्य पवित्रा राईले स्वागत भाषण राख्दै असवैधानिक संसद बिघठन फिर्ता गर्न माग गरेकी थिईन् । त्यस्तै सभामा बोल्दै क्षेत्र नं १ सदस्य लक्ष्मी मालाकारले कम्युनिस्ट जनताबाट तिर्सकार भइसकेको बताए । उनले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले जनताको भावना बिपरित काम र संबिधानलाई लत्याएको आरोप लगाए । नेपाली कांग्रेस जिल्ला सदस्य दिपेशजंग बस्नेतले केन्द्रदेखि स्थानीय तहमा रहेको कम्युनिस्ट सरकार भष्ट्र भएको आरोप लगाए । जनताको भन्दा पनि परिवारबादमा कम्युनिस्ट रुपलिएको भन्दै उनले केपि ओलीको चेलाहरुले संन्चालन गरेको वराहक्षेत्र नगरपालिका भष्ट्रचार र नाताबादले गनाएको आरोप लगाए । त्यस्तै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा वडा नं १ अध्यक्ष सुरेशमान श्रेष्ठले कांग्रेसले जितेको वडामा वराहक्षेत्र नगरपालिकाका मेयरले पक्षमात गरेको आरोप लगाए । बिकासमा पनि राजनिती आग्रह पुर्वाग्र गरेको बताए । सभामा बोल्दै प्रमुख बक्ता नेपाली कांग्रेस नगर सभापती नारायण नेपालले सरकारले गरेको असबैधानिक कदम बिरोध गर्दै पुनःस्थापना गर्न माग गरेका थिए । उनले कम्युनिस्ट सरकारका कारण बिचल्लित भएका कम्युनिस्ट कार्यकर्तालाई कांग्रेसमा आउन आव्हान गरेका थिए । कार्यक्रम वडा नं १ सभापति ईश्वर थापा सभाध्यक्ष रहेका थिए ।
त्यस्तै वडा नं ३, ४ र ५ ले संयुक्त रुपले मोटर साइकल र्यालि सहित कोण सभा आयोजना गरेको थियो । बाङ्गेबाट सुरु र्याली नडाहा , मिलन चौक, कालाबन्जर हुँदै धनपुरी सम्म मोटरसाइकल र्याली आयोजना भएको थियो। बिचको बिभिन्न ठाउमा कोष सभा समेत आयोजना भएको थियो । भन्ने ७ नम्बर वडा कार्य समितिले आयोजना भएको बिरोध र्याली सोमवारेबाट सुरु भएर कार्की भवनमा कोण सभामा परिनत भएको थियो । वडा नं ७ कार्य समितिका बरिस्ठ सल्लाहकार सिवनारायण रिजालको प्रमुख आथियतामा सम्पम कार्यक्रममा क्षेत्र नं ४ सचिव रमेश कार्की लगाएका नेताहरु प्रमुख बक्ता रहेका थिए ।
त्यस्तै वडा नं ६ ले मोटर साइकल र्याली सहित कोष सभा आयोजना गरेको थियो । पार्टी कार्यलयवाट सुरु भएको र्याली खानेपानी, शिवालय बुधबारे चौक, सैनिक, वाहुन टोल, हुँदै मुनाल चौक नगरपालिका अगाडि सम्पन भएको थियो । भन्ने वडा नं ८ कार्य समितिले पनि मोटरसाइकल र्याली आयोजना गरेको थियो । बाग्झोडाबाट सुरु र्याली जितपुर हुँदै दोभान, सालबनी बाट परिक्रमा गरि पुर्ण बाग्झोडामा बिरोध सभामा परिनत भएको थियो । त्यस्तै वडा नं ९ ले आयोजना गरेको र्याली ३६ पाइपबाट सुरु भइ बानडाडामा सभाको रुपमा परिनत भएको थियो । सभा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की रहेका थिए । सभा कार्की लगाएत क्षेत्र नं ४ प्रदेश सभा क सभापती उपेन्द्रबहादुर कट्बाल लगाएले सरकार बिरुद बोलेका थिए ।
त्यस्तै वडा नं १० ले प्रकाशपुरमा बिरोध सभा आयोजना गरेको थियो । सभामा प्रमुख अतिथि केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए । त्यस्तै वडा नं ११ को मधुवनमा पनि बिरोध–सभा आयोजना गरेको थियो । वडा नं ११ कार्यसमितिले सभा आयोजना गरेको थियो ।
प्रधानमन्त्री केपी अली नेतृत्वको सरकारले गरेको संदस बिगठनलाई असवैधानीक कदम भन्दै नेपाली कांग्रेसले बिरोध गरिरहेको छ । प्रधानमन्त्री ओलीले पौष ५ गते प्रतिनिधि सभा बिगठन गरे पछि नेपाली कांग्रेसले सदन पुन–स्थापनाको माग सहित ७७ वटै जिल्ला, १ सय ६५ वटै निर्बाचन क्षेत्र, ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्र र ७ सय ५३ वटै पालिकामा बिरोध र्याली सहित सभा आयोजना गरि सकेको छ ।
सदन बिगठनको बिषयलाई सर्वोच्च अदालतले सदर गर्दिए निर्वाचनमा जाने समेत तयारी गरिरहेको कांग्रेसले बोरोध सभलाई चुनावको तयारी र कार्यक्रमतालाई सक्रिय बनाउने माध्यम समेत बनाइ रहेको छ । प्रधानमन्त्री ओलीको मात्र नभई समग्र कम्युनिस्टकै नेतृत्वकै बिरोध गर्दै आइरहेको नेपाली कांग्रेसको तत्लो निकाय वडामा समेत बिरोध गरेको हो ।







