२७ माघ, काठमाडौं । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले ४ बर्षको लागि नियुक्ती पाएका भएपनि दुईबर्ष पनि नहुंदै उक्त पदबाट राजीनामा दिएका हुन् ।
पौडेल नियुक्त हुनुअघि ४ बर्षका लागि नियुक्ती पाएका निरज श्रेष्ठले सपथ नै खान नपाईकन सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हात धुनुपरेको थियो । सनराईज बैंकको संचालक समितिमा भएको ब्यापक लफडाका कारण उक्त बैंकमा बेला बेलामा बिबाद बाहिरिने गरेको छ ।
त्यसबेलाको बिबाद नेपाल राष्ट्र बैंकमा पुगेको र उक्त बिबादलाई सिईओ पौडेलकै पहलमा तत्कालमा लागि मिलाईएको समाचार बाहिरिएको थियो । भोली नै संचालक समितिले पौडेलको राजीनामा स्वीकृत गर्ने बैंकको दाबी छ ।
हिजोमात्र सनराईज बैंकको डिपुटी सिईओमा आरती राणालाई नियुक्ती गरिएको थियो ।





