प्रदेश 1

बिनोद चौधरी एशियाकै धनी ब्यक्ती भएकोमा हरेक नेपालीले गर्व गर्नुपर्छः मेयर गच्छदार

दुहबि। ‘जनता सग नगर प्रमुख कार्यक्रम’ अन्तर्गत सन्चालित निःशुल्क आँखा उपचार बिसेस क्लिनिकको आज समापन भएको छ। दुहबि ५ स्थित लुनकरण दास गङ्गादेबि च्यारिटि अस्पतालमा सन्चालित नि:शुल्क आखा उपचार क्लिनिक कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रमुख गच्छदारले आफु नगरमा मेयर रहुन्जेल आखा सम्बन्धी रोग जलबिन्दु, मोतिया बिन्दु र आँखामा मासु पलाएका कोहिपनि नागरिकले अन्धकारमय जिबन ब्यतित गर्न नपर्ने बताए। गत माघ ८ गते बाट सन्चालित क्लिनिकमा ४८२ जनाले निःशुल्क अप्रेशन गराइ सकेको साथै आज हुदै गरेको क्लिनकल कार्यक्रम बाट थप सहित ५ सय जना बढिले सेवा लिने गच्छदारले बताए।प्रति ब्यक्ति न्युनतम ३३६० देखि १४ हजार ५६० रुपैया सम्म उपचार खर्चलाग्ने आखा बिरामिहरुको लागि आफु कुनै नाम कमाउन र वाहवाहि पाउन नभै ग्रमिण भेकमा आफ्नै आखा सामु के बृध्दा ब्यक्तिले दृस्टिबिहिन हुदा पाएको पीँडा महसुस गरि त्यहिबाट प्रेरित भएर नगर भित्रका त्यस्ता नागरिकको निःशुल्क उपचारमा जुटेको बताए। ‘बिनोद चौधरी एशियाकै धनी ब्यक्ती भएकोमा हरेक नेपालीले गर्व गर्नुपर्छ’ मेयर गच्छदारले भने ।
फरक प्रशङ्गमा बोल्दै गच्छदारले नेपाली उद्योगपति बिनोद चौधरी र नेपाली उद्योग चौधरी ग्रुप एसियाकै १६ औं धनि ब्यक्ति भएकोमा गौरब गर्दै लुनकरण दास गङ्गा देबि च्यारिटि अस्पतालको दुहबि नगरपालिका लाइ स्वामित्व हस्तान्तरण गरिदिन आग्रह समेत गरेका छन्। स्थानिय सरकार सन्चालन ऐन र संघीय सरकारको ऐनमा समेत पालिकाले कुनै ब्यक्ति वा सस्था सग सहकार्य गर्न बन्देज लगाएको हुदा कानुन भन्दा माथि जान नसकिने बताउदै गच्छदारले उक्त च्यारिटि अस्पताल सन्चालन सहकार्य गर्न नसकेको दोहोर्याए । यदि उक्त अस्पतालको स्वामित्व नगर लाइ हस्तान्तरण गरिदिए लुनकरदास गङ्गादेवि को पुर्णकदको मार्वलको शालिक बनाइदिने साथै सोहि अस्पतालको नाम ‘लुनकरण दास गङ्गादेबि नगर अस्पताल’ राखिने समेत बताए।
अहिले बन्द अबस्थामा रहेको उक्त अस्पतालको जग्गा २०५० सालमा तत्कालिन गाबिसले रु ५० हजार मा चौधरी लाइ बेचेको थियो।
कार्यक्रममा बोल्दै उपमेयर सुनिता दाहाल साहले ‘उपमेयर सग आमा’ कार्यक्रम तत्कालै सन्चालन गरिने र उक्त कार्यक्रम बाट गर्भवती महिला साथै ‘पाठेघर’ सम्बन्धी रोगि महिला हरुले पाइदा लिने बताइन। कार्यक्रम को आयोजना दुहबि नगरपालिकाको स्वास्थ्य साखाले गरेको थियो।