२८ माघ, काठमाडौं । माछापुच्छ्रे बैंकले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवई स्थित रेमिट्यान्स कम्पनी र सरफ एक्सचेन्जसंग व्यवसायीक सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापश्चात अव दुवईमा रहेका नेपालीहरुले दुवईस्थित सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिल्यै भुक्तानीलिन सकिने छ ।
स्थापनाकाल देखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५६ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२१स्थानमा रहेका सेवा सञ्जाल तथा १९७ वटा एटीएमहरु तथा करिब २हजार भन्दा बढि पिओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।





