आर्थिक

सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्माको नियुक्त

२८ माघ, काठमाडौं । सन्राइज बैंकको संचालक समितिको माघ २८ गते बसेको ३६७ औ बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा अर्घाखाँची जिल्ला पाली गा.वि.स.वडा नं. ८ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ८, गोठाटार बस्ने सुमन शर्मालाई मिति २०७७ साल माघ २८ गते बाट ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका सुमन शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरिसके पछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर शुरु गरे । सात वर्षसम्म एसबीआई बैंकमा काम गरिसकेपछि सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए डिग्री हासिल गरेका शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता पनि छन् । नेपाल फर्केपछि शर्माले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको रुपमा सन्राइज बैंकमा आबद्ध हनु अघि शर्माले माछापुच्छ्रे बैंकमा २१ महिना प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए । प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको बैकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ ।