बाग्मती

नेविसंघका विद्यार्थी भागरथीलाई न्यायका लागि यसरी उत्रिए प्रदर्शनमा

२९ माघ, काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले र विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।
सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए।नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता ,विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए।कोण सभामा प्रमुख बक्ता नेबि सघका पुर्ब केन्द्रिय सदस्य शुशिल भट्ट ,विद्यार्थी नेताहरु निरन्जन थापा,पबन थापा, सन्तोष गुरुङ, स्वेच्छा उप्रेती, लक्ष्मी सिलबाल, जिबन राना ,किरण भट्टराई, सुबास घिमिरे, प्रबिन गुरुङ, स्थानीय नेपाली कांग्रेसका नेता मनोज राना लगायतले सम्बोधन गरेका थिए।
कोण सभामा सम्बोधन गर्ने नेताहरूले बलात्कारीलाई कानुनी कारबाही गर्न, भागरथीलाई न्याय दिन, निर्मलालाई न्याय दिन, सम्झना कामीलगायत न्यायको माग गरेका थिए । कार्यक्रममा करिब एक घन्टा चक्काजामसमेत गराएमा थिए।
बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने नेबिसँघ नेताशुशिल भट्टले बताए।