३० माघ, रुपन्देही। नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडिबढाउन आग्रह गरेका छन्।
बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीले शुक्रबार आयोजनागरेको स्वागत कार्यक्रममा बोल्दै ढकाललेउद्योग, व्यवसाय संचालनका क्रममा उद्यमीहरुले सामनागर्नुपरेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्वले एक ढिक्का भएर गम्भीरता पूर्वक कार्य गरिरहेको बताए।
उनले भने, “स्थानीय कतिपय समस्या स्थानीय संघलेनै सुल्झाउने गरेकोछ, र त्यो कार्य गर्न संघहरुनै सक्षम छन्। तर कतिपय विषय केन्द्रस्तरमा उठाउनुपर्ने हुन्छ, नीतिगतलबी गर्नुपर्ने हुन्छ, र त्यसका लागि महासंघ सधैं तत्परछ।”
वरिष्ठ उपाध्यक्ष ढकालले आफूलाई निर्वाचित गराउन रुपन्देही संघले गरेको साथ, सहयोग र समर्थनप्रति पनि आभार व्यक्त गरे।चुनावका बेला जस्तो अहिले महासंघभित्र पक्ष, विपक्ष रहेको छैन भन्दै उनले अब हुन लागेका संघहरुका चुनावमा पनि सकभर सहमति र सर्वसम्मत विधिबाट नेतृत्व चुन्न आग्रह गरे।
उनले तिक्तता र पक्षविपक्ष भएर चुनावमा उठेपनि सबैउम्मेदवारबीच राम्रो सहकार्य, मित्रता र समझदारी हुने विश्वास व्यक्त गरे।
त्यस अवसरमा श्रीढकालले लुम्बिनी केबलकार प्रालिद्वारा निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको बुटवल –३स्थित गोलपार्कदेखि पाल्पा जिल्लाको तिनाउ वसन्तपुरसम्मको लुम्बिनी केबलकारको प्रधानमन्त्री केपी शर्माओलीद्वारा शनिबार शिलान्यास गर्न लागिएको जानकारी दिँदै उक्त समारोहमा सहभागी भएर हौसला बढाइदिन आग्रह पनि गरेका थिए ।





