४ फागुन, काठमाडौं । डिजिटल बैंकिङ्गका रोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषिउपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलबार बिहान नेपाल राष्ट्रबैंकका निर्देशक सुवाषचन्द्र घिमिरेले त्रिनगर कृषिउपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवातगरेका हुन् ।
उक्तक्युआर कोड सेवा सुरु भएसंगै त्रिनगर कृषिउपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागिजाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकमपसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले काठमाण्डौ बाहिर रहेको कृषिबजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताए ।
उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सर्जु कुमार थापाले माछापुच्छ«े बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदानगर्न हरदमतत्पर रहेको बताए ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले गोलभेडा तथा टपरी किनेर क्युआर कोड मार्फत उक्त सामानको रकम भुक्तानी गरि क्युआर कोड सेवाको शुभारम्भ गरेका थिए । सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।
स्थापनाकाल देखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।





