५ फागुन, वाग्मती / आकाशे पानीको भर पर्नुपर्ने सर्लाही र रौतहटका किसानले डिपबोरिङ र स्यालोट्युवेलमार्फत सिँचाइ गर्न थालेका छन् । यहाँका सात हजार २०० हेक्टर जमीनमा डिपबोरिङ र स्यालोट्युवेलको माध्यमबाट सिँचाइ सुविधा पु¥याइएको छ । वाग्मती सिँचाइ आयोजनाको हाताभित्र रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीले चार हजार ६०० हेक्टर जमीन र रौतहटको दुई हजार ६०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याएको जनाएको छ । विसं २०७२ का स्थापना भएको सो कार्यालयले हालसम्म सर्लाहीमा ३६ वटा डिपबोरिङ तथा एक हजार ५०० स्यालोट्युवेल जडान गरेको छ ।
कार्यालय स्थापना भएको हालसम्ममा रौतहटमा ४१ वटा डिपबोरिङ र एक हजार स्यालोट्युवेल जडान गरी सिँचाइ सुविधा पु¥याएको छ । जमीनमा पानीको लियर निकै तल गइसकेकाले धेरै तल गएर पानी निकाल्नुपर्ने अवस्था रहेको सो कार्यालयका इन्जिनीयर मनोज खतिवडाले जानकारी दिए । जसका कारण विगतको तुलनामा जडान खर्च पढेको छ । सामान्यतः एउटा डिपबोरिङ जडान गर्न एक करोड २५ लाख तथा एउटा स्यालोट्युवेल निर्माण गर्न रु एक लाखको खर्च लाग्ने गरेको उनको भनाइ छ ।
लालबन्दी नगरपालिकाको हिरापुरमा एक करोडको लागतमा डिपबोरिङ जडान शुरु भएको छ । त्यहाँको किसानकोे मागका आधारमा डिपबोरिङ जडान गर्न लागिएको खतिवडाले भने। लालबन्दी तरकारी खेतीका लागि जोन भए पनि पानीको अभाव रहेकाले वर्षभरि खेतीका लागि डिपबोरिङ जडानले त्यहाँको किसानमा खुशी छाएको लालबन्दी नगरपालिकाका–११ का वडाध्यक्ष दीपक लामाले बताए । यो कार्यालय अहिले प्रदेश नं २ को भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पर्छ । सर्लाहीको दक्षिण पचिम क्षेत्रमा पनि सिँचाइको व्यवस्था नरहेकाले त्यहाँ पनि डिपबोरिङ र स्यालोट्युवले जडान गर्नुपर्ने वलरा नगरपालिका–४ का वडाध्यक्ष केशव झाको भनाइ छ । उपभोक्ता समिति बनाएर उक्त डिप र स्यालोट्युवेलको निर्माण हुनेछ ।