७फागुन, काठमाडौं । प्राइम लाईफ इन्स्युरेन्सले आजबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्माहुने व्यवस्थाको थालनी गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका NCHL-IPS तथा connectIPS प्रणालीहरु मार्फत आफ्ना विभिन्नप्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमाकारोबार गर्न सक्ने प्राइम लाईफ पहिलोे इन्स्युरेन्स कम्पनी भएको छ । हालकम्पनीले सिद्धार्थ बैंक मार्फत यीभुक्तानी कारोबारहरु गर्ने भएको छ ।
यस व्यवस्थाको सुरुवात सँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डरभुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालनथप छरितो, रसहजहुने विश्वास गरिएको छ ।
प्राइमलाईफ सँगै २३ जीवनतथानिर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलनहाल अनलाइनमार्फत connectIPS e-Payment बाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने ल्एक्ष् प्रणालीमा आबद्ध भैसकेका छन् । ल्एक्ष् नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरी सञ्चालनमा रहेको छ जसमा हाल६१ सदस्य बैंक वित्तिय संस्थाहरुआबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध–सरकारी संस्थाहरु लगायतका ५१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
प्राइमलाईफ इन्स्युरेन्स प्रख्यात व्यावसायिक समुहहरूद्वारा प्रवद्र्धित कम्पनीहो । १३वर्ष भन्दा बढीको सञ्चालन अवधिमा प्राइम लाईफले इन्स्युरेन्स क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफलभएको छ ।





