आर्थिक

प्रभु बैंकले ल्यायो जुम्ला शाखा कार्यालय सञ्चालनमा

११ फागुन, काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जालविस्तार गर्ने क्रममा आईतबारदेखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६मा आप्mनो २१३औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
बैंकको जुम्लामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीयकार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्गपहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवापुगेको बताउदै बैंकलाई सफलताको शुभकामना ब्यक्त गरिन् ।

बैंकको जुम्ला शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिकप्रविधियुक्त बैंकिङ्ग सेवाप्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वितहुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्गबानीको विकासमाअभिवृद्घिभई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा जुम्ला शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।