समाचार

पुर्व प्रधानमन्त्री डा.भट्टराईलाई ट्युमर क्यान्सर नभएको पुष्टि

१७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।

भारतमा उपचार गरिरहेका पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईलार्ई पीईटी सिटीस्कानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन् ।

उक्त ट्युमरलाई भने दुईरतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ ।