समाचार

सरकारले फागुन २३ गते संसद अधिवेशनका लागी राष्ट्रपति समक्ष सिफारीस गर्ने

१७ फागुन, काठमाडौं । सरकारले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले फागुन २३ गते अपरान्ह ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारीस गर्ने गर्ने निर्णय गरेको संघिय मामिलामन्त्री गणेश ठगुन्नाले जानकारी दिएका छन् ।

यस्तै यसअघि बसेको मन्त्रीपरिषद बैंठकमा छलफल भएपनि मिति भने तय भएको थिएन । यस्तै यहि फागुन ११ गते सर्बाेच्च अदालतले संसद बिघटन बदर गर्दै आगामी १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरीसमा राष्ट्रपतिले संसद बिघटन गरेपछि संसद बिघटन बिरुद्ध सर्बाेच्चमा मुद्धा परेको थियो । भने नेकपाको दाहाल–नेपाल लगाएतका राजनीतिक दल बिरोधमा उत्रिएका थिए ।