प्रदेश 1

ज्ञानेन्द्र कार्कीको पहलमा पैढारी देखि चक्रघट्टीसम्मको सडक कालोपत्रेका लागि सर्बे

संगम बिष्ट/चक्रघट्टी । सुनसरीको रामधुनी-४ देखि वराहक्षेत्र वडा नं-६ सम्मको ग्रामीण सडक कालोपत्रेकालागि सर्बे सुरु गरिएको छ ।
सहरी बिकाश मन्त्रालयको योजना अनुशार संघीय ईकाई कार्य आयोजना बिराटनगर अन्तरगत सो सडक कालोपत्रे हुने भएको हो । संघीय ईकाई कार्य योजनाका प्रमुख प्रदिप सिहका अनुशार उक्त सडकको कालोपत्रेकालागि ३० करोड रकम बिनियोजन भएको छ । सिहका अनुसार प्रतिनिधि सभाका सासद ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा रामधुनि ४ को पैढार देखि कुटी, मैनबारी, जीतपुर, चक्रघट्टी बसस्टेसन,कालीमन्दीर देखी जलपाई चोक,शिबालयबाट झनझनपुर, बीर बहादुर राईको घरदेखी क्याम्पस गेट,खानेपानी देखी राँगा चोक हुदै बाहुन ट‍ोलको होलीको डील सम्मको १८ किलो मिटर सडक पक्की नाला सहीतको कालोपत्रे निर्माण हुनेछ । सर्व गरिसके पछि टेन्डर लाग्ने बताईएको छ ।

गएको २०७४ सालमा सम्पन्न संघिय निर्वाचनबाट सासद बनेका पुर्ब अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको अनुरोधमा सडक स्तरउन्नतिकोलागि ३० करोड रकम बिनियोजन भएको संघिय ईकाई कार्य आयोजना सिनियर डिभिजन इन्जिनियर प्रतिप सिहले बताए ।
यस अगाडि उनै कार्किको पहलमा वराहक्षेत्र नगरपालिका भित्र पर्ने श्रीलंका टप्पुमा बिजुली बत्ति समेत पुराएका थिए । निर्वाचनको समयमा बोलेका साना-ठुला योजनाहरु क्रमश पूरा गर्दै आइरहेका कार्की पछिल्लो समय सुनसरीमा हाई हाई हुँदै गएको सुनसरी क्षेत्र नं ४ का सचिव रमेश कार्की बताउछन् ।