२५ फागुन, काठमाडौं । माओवादी केन्द्रको बैठक आज दिउँसो बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्न लागेको हो ।
माओवादी केन्द्रका एक नेताले दिएको जानकारीअनुसार दिउँसो १ बजे बैठक बस्न लागेको हो । उक्त बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुनेछन् ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो । बैठकमा आगामी सत्ता समिकरणबारे छलफल ती नेताले बताएका छन् ।
माओवादी केन्द्रसामू नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने वा ओलीलाई समर्थन गर्ने भन्ने विकल्प उपलब्ध छन् ।