बाग्मती

ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

२५ फागुन, धादिङ / बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज  दुई जनाको मृत्यु भएको छ ।  रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ । 
दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।