२६ फागुन, काठमाडौं । आज दिउँसो देशका केही स्थानमा गड्याङगुडुङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार अपराह्नपछि देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो ।
यस्तै राति पनि पहाडकै एक वा दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।