प्रदेश 1

वडाध्यक्ष श्रेष्ठलाई प्रहरीले गरेको ज्यादति बिरुद्ध कांग्रेसद्बारा कडा बिरोध

२८ फागुन, चक्रघट्टी । बिहिवार दुई तर्फ बिच भएको असमझदारीको मिलाउन सहकार्य गर्न इलाका प्रहरी कार्यलय महेन्द्रनगर चक्रघट्टि पुगेका वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठलाई सरकारले प्रहरी प्रसाशनको बलमा राजनीति प्रतिसोध राखेर बिना कारण नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलय सुनसरी पुराएको भन्दै नेपाली कांग्रेस बराहक्षेत्र नगर कार्य समितिले भत्सना सहित खेत प्रकट गरेको छ ।
बिहिबार नगर समितिको बैठक वसेर नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका वडाध्यक्ष श्रेष्ठलाई बिना कारण प्रहरी प्रशासनद्वारा गरिएको धरपकटप्रति घोर आपत्ती र भ्रत्सना गर्ने निर्णय गरेको नगर प्रबक्ता जगदबहादुर कार्कीले बताए ।

बैठक सम्पन्न भए लगतै पत्रकारहरुसंग कुरा गर्दै प्रबक्ता कार्की भने नेपाली कांग्रेसका नेताहरुलाई बदनाम गराउन सरकारले प्रशाशन प्रयोग गर्न थालेको यस्तो कार्यको बिरुद्ध कांग्रेस एक भएर सामाना गर्नु पर्ने निर्णय समेत भएको छ । उनले भने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र नेताहरुको कम्युनिस्टले नारि छाम्दैछ । यसको सामाना गर्न हामी तयार छौं ।
सोही बैठवबाट नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिकाको संसदिय दलको नेतामा वडा नं २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराई र उप नेतामा वडा नं ६ कि सदस्य दुर्गादेवी खरेललाई चयन समेत गरिएको छ । भने बराहक्षेत्र नगरपालिकामा संचालित जेट बोट माथी लगाइएको कर वार्षिक ३ लाखको रकम ३ वर्षदेखिको रकम हिनामिना भएको हुँदा सो रकम तुरुन्त नगरपालिकाको आम्दानीमा ल्याएर विकास कार्यमा लगाउन माग समेत गरेको छ ।