प्रदेश 1

उद्योग बाणिज्य महासँघद्वारा दुहबिका मेयर गच्छदार सम्मानित

२८ फागुन, दुहबी। सुनसरीको दुहबी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदार सम्मानित भएका छन् । उद्योग सङ्गठन मोरङ्गको ४८ औ बार्षिक साधारण सभाको समुद्घाटन कार्यक्रममा गच्छदार सम्मानित भएका हुन्। उद्योग सङ्गठन मोरङ्गको सभा हलमा सन्चालन उक्त कार्यक्रमका अध्यक्ष भिम घिमिरे, प्रमुख अतिथि नेपाल रास्ट्र बैंक का गभर्नर माहाप्रसाद अधिकारी र बिशिस्ट अतिथी प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले संयुक्त रुपमा गच्छदारलाई माला, खादा पहिराउदै प्रमाणपत्र सहित सम्मान गरेका थिए। उद्योग सङ्गठनलगायत निजी क्षेत्रका उद्योगी हरुलाई सुझ बुझका धेरै नै साथ सहयोग गरे बापत गच्छदारलाई सम्मान गरिएको थियो।

सम्मान कार्यक्रममा विभिन्न बिधामा महत्वोपुर्ण योगदान पुराउने ब्याक्तित्व हरु बिराटनगर माहानगरपालिका प्रमुख भिम पराजुली, पत्रकार मीन कुमार नबोदित श्रेष्ठ, डा ग्यानेन्द्र बहादुर कार्की, नेपाल ट्रेड युनियन काङ्ग्रेसका १ नम्बर प्रदेश अध्यक्ष नारायण बाबू कार्की लगायत युवा ब्यवसायी, महिला ब्यावसायी सहित २ दर्जन बढीलाई सम्मान गरिएको थियो।

उद्योग सङ्गठन मोरङ्ग का अध्यक्ष भिम घिमिरेले रा बा बैंक ले ल्याएको मौद्रिक नीति स्वागत योग्य भएपनी कार्वन्वयन पक्ष फितलो भएको गुनासो सुनाए। आगामी उद्योग सङ्गठन मोरङको अध्यक्षमा शुरेस प्याकुरेललाई आफ्नो समर्थन रहेको घिमिरेले घोषणा गरे।