२ चैत्र, काठमाडाैं । चैत्र २ गते प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका
नवनियुक्त राजदूत H.E. Mr.Syed Haider Shah संग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका
विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।