समाचार

विकसित राजनीतिक घटनाक्रमका बारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

३ चैत्र, काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी हुन् ।

दिउँसो ४ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएकी हुन् । दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप भण्डारीले बैठक बोलाएको बताइएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।