४ चैत, काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरतादिंदै धनगढीको दैनिक कृषिउपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ ।
उक्तबजारका विभिन्न ब्यापारीहरुलाई सिभिल बैंककोक्युआर कोड वितरणगरि नगदरहित अभियानलाई प्रोतसाहन गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकधनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरे, उक्त बजार व्यवस्थापन समितीका अध्यक्ष पदमबहादुर चन्द, सिभिल बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशी, शाखा प्रबन्धक संजोग भट्ट लगायत सो क्षेत्रका व्यवसायीहरु तथा सर्वसाधरणको उपस्थिति थियो ।
सो कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरेले हालविद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउनमात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसातगर्न पनि नगदरहित अभियान अपरीहार्य कुराभएको बताए । साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउनक्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि बताए ।
बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनगर्दै आएकोमा यसरी नै विभिन्न ब्यापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमालैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका सुदुरपश्चिम प्रदेशका प्रमुख दिपक जोशीले बताए ।
करीव पाँचलाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा७ एक्सटेन्सन काउन्टर मार्फत सेवाप्रदान गरिरहेको सिभिल बैंकले करीव ८१अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७५अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।





