५ चैत, काठमाडौँ । विश्व रिसाइक्लिङ दिवसको अवसरमा कोकाकोला र डोको रिसाइकलर्सले काठमाडौँ उपत्यकामा १० सूचना मूलकपीईटी कलेक्सन बिन स्थापना गर्ने घोषणा गरेको छ । जुनकार्यको सुरुवात स्थानीय अधिकारीहरुको सहकार्यमा अगस्ट २०२० मा शुरु भएको थियो । ‘रिफ्रेस एन्ड रिसाइकल’अभियानप्रयोग भइसकेका बोतलहरू संकलन गर्ने अभियान हो । यो अभियानले मानिसमा जागरुकता जगाउने र समुदायलाई प्रयोग भइसकेका बोतलहरूलाई प्रशोधन गरेपछि पुनःप्रयोगकालागि योग्य हुन्छन् भन्नेबारे शिक्षा दिने काम पनि गर्दछ ।
यसअघि प्रयोग भएकाबोतलहरू राख्नका लागि स्वयम्भूनाथ स्तूपा, बौद्ध स्तूपा, पाटन अस्पताल, पाटन ढोका, पाटन दरबार स्क्वायर, त्रिभुवन विश्वविद्यालय र ललितपुर नगरपालिका सार्वजनिक पार्कजस्ता बाक्लो जनसंख्याभएका क्षेत्रमा राखिएको थियो । यीक्षेत्रमा यस्ता प्रयोग भइसकेका बोतलहरू प्रायः डिस्पोज गर्ने गरिन्छ ।
त्रिभुवन विश्वविद्यालयका प्रोक्टर, अबिलाल शाहले भने, ‘त्रिभुवन विश्वविद्यालयमा राखिएको बिनमा विद्यार्थी, प्राध्यापक र प्रशासनिककर्मचारीले सकरात्मक प्रतिक्रिया दिएका छन् । त्रिभुवन विश्वविद्यालयमा राखिएको डिब्बा प्रायः सबैले प्रयोग गर्न भएकाले दुवै विद्यार्थी र आगन्तुकहरुका लागि यो उपयोगी भएको छ । हामी भविष्यमा अन्य सहयोगहरुका लागि समेत तत्पर छौँ।’
यस अभियानकै माध्यमबाट उपभोक्ताहरुलाई यी क्षेत्रहरूमा भएका बेलाउनीहरूले प्रयोग गर्ने बोतललाई प्रयोगपछि पीईटी संकलनबिनमा राख्न प्रोत्साहित गरिनेछ ।
उपभोक्ताले डिस्पोजलगर्नुभन्दा अगाडि बोतलखाली र सफा छन्/छैनन्, कुल्चिएको छ÷छैन भनी सुनिश्चितगर्नु पर्दछ । सार्वजनिक जागरुकताकालागि डिस्पोजलको उचित चरण र प्रयोग भइसकेका बोतलहरुको रिसाइकलप्रक्रियाकाबारेमाबोतल संकलनगर्न राखिएका बिनमा विभिन्न जानकारीसमेत लेखिएको छ । प्रयोगभइसकेका बोतलहरू पछि अन्यकामका लागि उपयोग गर्न सकिने भएकाले यसलाई फोहोरको रुपमावर्गीकरण गरिएको छैन । पीईटी प्लास्टिक सुरक्षित, हल्कावजन, किफायती, पारदर्शी, आकार योग्य र शत प्रतिशत पुनःप्रयोग गर्न सकिने हुन्छ ।
“रिसाइक्लिङका लागि सार्वजनिक पूर्वाधार प्रदान गर्न चाहन्छौँ र रिसाइक्लिङगर्दा हुने फाइदाकाबारेमा मानिसलाई शिक्षित पार्न चाहन्छौँ।” डोको रिसायक्लर्सका सहसंस्थापक राघवेन्द्र महतो भन्छन्‚“व्यवहारिक‚ डिस्पोजेबल‚ दीर्घकालीन रुपमाप्रयोग गर्न सकिने भएकाले पनिहामीफोहोर व्यवस्थापनमा सफल भएका छौं ।”
बोतलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशकप्रदीप पाण्डेले भने‚“हामीले पर्यावरण कर्मचारीको रुपमा आफूलाई गम्भीरताका साथ लिएका छौं । जसका लागि हामी नेपालमा फोहोर जन्य वस्तुको पुनःप्रयोगका लागि नयाँ र सुधारिएका उपायहरू अपनाउने छौं । यस महत्वपूर्ण प्रयासमा स्थानीय सरकारको समर्थन र साझेदारीलाई अत्यन्तै सम्मान गर्छौं।’
हरेक साता डोको रिसाइक्लरहरूद्वारा ती बिनबाट प्रयोग भइसकेका बोतलहरू संकलन गरिनेछ, र यसलाई पुनःप्रयोग योग्य बनाउनकालागि निश्चित स्थानमा पठाइनेछ । फोहोर जन्य सामग्रीहरूलाई प्रशोधन गरेर नयाँ बोतल‚ कन्टेनरहरू र विभिन्न कपडा‚कार्पेट बनाउनसमेत सकिन्छ । हालसम्म डोको रिसाइक्लर्सले करिब दुई हजार पीईटी बोतलहरू संकलन गरिसकेको छ ।
२०१८मा कोकाकोलाले २०३० सम्ममा सबै प्रयोग भइसकेका बोतलहरूलाई संकलन गर्दै त्यसलाई पुनःप्रयोगमा ल्याउने उद्देश्यका साथ ‘फोहोर बिनाको विश्व’अभियानको घोषणा गरिसकेको छ ।
त्यसकै समर्थनमा नेपालमा पनि कोकाकोलाले यस अभियानलाई सफल पार्नका लागि नगरमित्र‚ रिफ्रेस एन्ड रिसाइकल जस्ता विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।