६ चैत, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १० चैत मंगलबार १ बजेसम्मका लागि स्थगीत भएको छ । बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गेका थिए ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो ।