६ चैत, काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले यतिखेर सिंगल डिजीटमा रहेको नेपालका बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उपयोगगर्न र औद्योगिक तथा व्यावसायिक क्रियाकलापमा लगानीबढाउन नेपाल काउद्योगी व्यवसायीहरुलाई सुझाएका छन् ।
विर्तामोड उद्योग वाणिज्य संघको सपथग्रहण तथा पद हस्तान्तरण सभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले भने– नेपालका व्यवसायी साथीहरुलाई मेरो यो आग्रहछ कि अहिले नेपालमा ब्याजदर सिंगल डिजीटमा छ, यसको सदुपयोग गर्नुस र आर्थिक क्रियाकलापहरुमा लगानी बढाउनुस्।
अहिलेको बेला भनेको यस्तो अवस्थामा व्यवसायिक क्रियाकलापहरुमा लगानी गर्ने र उद्योग व्यवसायलाई सस्टेन गर्न सघाउने समय हो, त्यसैले हामी सबैले अहिलेको योनीतिबाट लगानी बढाउनेकाममा लाभ लिन सक्छौँ– उनले भने।
वरिष्ठ उपाध्यक्ष ढकालले यो ब्याजदरका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार र नेपाल राष्ट्रबैंकसँग लबिङ गरेको बताए।
उनले भने– नेपालमा लगानी गर्न र व्यावसायिक एक्टिभिटिजहरु बढाउनका लागि बैंकको ब्याजदर बढीभएको भनी देशका निजी क्षेत्रका व्यवसायीले गुनासो गरेपछि त्यसको अगुवाई महासंघले गर्यो र मपनि एकउद्यमी एवं कमर्सियल बैंकको नेतृत्वकर्ताको हैसियतले पनि लागि परेँ, जसले गर्दा अहिले ब्याजदर अहिले सिंगल डिजीटमा आएकोछ।
उनले स्मरण गरे– म एक कमर्सियल बैंकको अध्यक्ष भएपनि यो मेरो पनि एउटा प्रमुख मुद्दा थियो, म एक उद्यमी पनि भएको हिसाबले यसका लागि मव्यक्तिग तरुपमा पनि लागेको थिएँ, हाम्रो लबिङ पछि यो नीति सम्भव भएको हो।
त्यसैले यो अवसरबाट हामीले लाभ लिन सक्ने अवस्था छ र हामी निजी क्षेत्रका प्रतिनिधिहरु यसबाट लाभान्वित पनि हुन सक्नुपर्छ, यो अवस्था साँच्चिकै देशका उद्योगी, व्यवसायीहहरुले लाभ लिने नै बेला हो, उनले भने।
वरिष्ठ उपाध्यक्ष ढकालले झापा होस या देशका अरु पनि क्षेत्र या जिल्लाका व्यवसायीले त्यहाँका स्थानीय सम्भावना र अवसरहरुलाई राम्रोसँग खोजी गर्नुपर्ने पनि बताए।
उनले भने– व्यावसायिक तथा आर्थिक क्रियाकलापको अभिबृद्धिका लागि तथा उद्यमशिलताको विकास र विस्तारका लागि हामी व्यवसायीहरुले आ–आफ्ना स्थानीय स्थान र स्तरमा पनि अवसर र सम्भावना खोज्नुपर्छ, यसैबाट शुरुहुने उद्यमशिलताले नै देशको विकास सम्भवछ।
उनले नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले ‘भिजन२०३०’ पेपर अघि सारेर मुलुकको निजीक्षेत्रका आवश्यकता र प्राथमिकता निर्धारण गरेर अघि बढ्ने नीति अख्तियार गरेको बताउँदै सो पत्रलाई प्रदेशस्तरमा पनि छलफलका लागि ल्याइने र त्यसमा निजी क्षेत्रका सबै साथीहरुको सुझावहरु समेटिने जानकारी दिए।





