७ चैत, इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–१९को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्नेगरी कार्यक्रमहरु ल्याउनुपर्ने बताए।
शनिबार उद्योग वाणिज्य संघइटहरीको २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड१९को महामारीका कारण मुलुकको अर्थतन्त्रले धेरै ठूलो क्षति ब्यहोर्नुपरेको रगत वर्षको बजेट तथा मौद्रिक नीतिले समेट्न बाँकी क्षेत्रलाई समेट्नेगरी आगामि वर्षको बजेट आउनुपर्ने बताएका छन् ।
“गतवर्षको बजेट तथा मौद्रिकनीतिले केहीहदसम्म भएपनि कोभिड प्रभावित उद्योग व्यवसायलाई राहत दिन खोजिएको थियो। तरपनि यसले धेरैक्षेत्रलाई समेट्न सकेको छैन।यसवर्ष बजेट बनाउँदा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्ने खालका थपनीति तथा कार्यक्रमहरु बनाउनु जरुरी छ,” उनले भने।
प्रादेशिक संरचनामा गइसकेपछि मुलुकमा लगानीको वातावरण बन्दैगएको बताउँदै ढकालले अझैपनि केन्द्र, प्रदेश तथा स्थानीय तहबाट एकैप्रकारकाकरहरु लिने गरेको हुँदा व्यवसायीहरु दोहोरो करको मारमा परेको बताएका छन् ।
“नयाँ संविधानको निर्माणसँगै मुलुकमा धेरैहदसम्म शान्ति, स्थिरता र विकासको वातावरण बनेकोछ।संघीय संरचनामा स्थानीय तहहरुबीच विकासका लागि हुने प्रतिष्पर्धाले हामीलाई उत्साहित पारेको छ। तरपनि केही पुराना संरचना तथा नीतिका कारण अझैपनि हामीले खोजेजस्तो लगानीको वातावरण बन्न सकेको छैन।यसका लागि महासंघले सरकार तथा सरोकारवाला निकायलाई घच्घचाउनेनै छ,” उनले भने।
उनले अहिले बजेटको निर्माणको प्रकृया सुरुभएकोले यस सम्बन्धी हुनेछलफलमा निजीको तर्फबाट आफ्ना एजेन्डाहरु राख्न उद्योगी व्यवसायीहरुलाई आग्रहसमेत गरे।
वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंककोव्याजदर एकल अङ्कमा आएको र कोभिड–१९को प्रकोप पनि विस्तारै कम हुदैगएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयारभएको बताएका छन्।
जिल्ला नगरका साना व्यवसायिहरुका समस्यासमाधानमा जिल्लानगरका नेतृत्वमा रहेका व्यवसायीसाथीहरु आफैमा पनि सक्षम रहेको बताउँदै उनले जिल्ला÷नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैँसेगर्न महासंघको नयाँ नेतृत्व सधैं तत्पर रहेको बताए।





