समाचार

दाङमा स्कुल बस दुर्घटना हुँदा दुईको मृत्यु

१० चैत्र, दाङ । दाङको तुलसिपुरमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पब्लीक ज्ञानज्योति माविको बस आज बिहान दुर्घटना हुँदा अस्मिता डाँगी र किरण चौधरिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

दुर्घटनामा अन्य १५ विद्यार्थि घाईते भएका छन् । अस्मिताको घटना स्थलमा र किरणको उपचारका क्रममा मृत्यु भएको हो ।

तुलसिपुर उपमहानगरपालीका १५ को कोठरीमा प्लस टु का विद्यार्थि ल्याए बजारतर्फ आउँदै गरेको बस दुर्घटनामा परको हो । दुर्घटनामा घाईते भएकाहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।