समाचार

प्रधानमन्त्रीसंग वार्ताका लागि जसपाका शिर्ष नेताहरु पु्गे बालुवाटार

१० चैत्र, काठमाडौं । प्रधानमन्त्रीसंग वार्ताका लागी जसपाका शिर्ष नेताहरु बालुवाटार पुगेका छन् ।

समिकरणको दौडधुपमा लागेका जनता समाजवादी पार्टीका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् ।

वालुवाटार पुग्ने नेताहरुमा अध्यक्ष महन्थ ठाकुरसहित नेता लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । जसपाले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र नागरिकताबारे संविधान संशोधनसहितका मुद्दा उठाउँदै आएको छ ।

प्रधानमन्त्री, माओवादी केन्द्र, नेपाली कांग्रेससँग पनि जसपा छलफलमै छ । यद्यपी निचोड निस्किसकेको छैन । यता जसपमा सत्ता साझेदारीलाई लिएर विभाजित भएको छ ।

ठाकुर र राजेन्द्र महतो ओलीलाई नै साथ दिनेमा लचक देखिएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव कुनै पनि हालतमा ओलीलाई साथ दिन नहुनेमा अडिक छन् ।