आर्थिक

सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्यु.आर कोड

१० चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य तथा आमनागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्ने लक्ष्य सहित आक्रामक रुपमा लागि रहेको माछापुच्छे बैंकले देशका सातै प्रदेशमा क्यु.आर. कोड सेवा सुरुवात गरेको छ । चैत्र ८ गते आइतवार नेपाल राष्ट्र बैंक, नेपालगञ्जकानिर्देशक गोविन्द प्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेत स्थित कृषिबजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्का यातायात, नमुनाहङकङ बजार हटियालाईन गरि ४ स्थानमा क्यु.आर.कोड सेवाको सुरुवात गरेको हो । त्यसै गरि नगद रहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले मिति २०७७ चैत्र १० गते मंगलवार राजधानीको मनोहरा स्थित तरकारी बजारमानेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कडेलको प्रमुख आतित्थ्तामा व्यवसायीलाई क्यु.आर.कोड हस्तान्तरण गरको छ । यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरि क्यु.आर.कोड सेवा सुरु गरेको थियो ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिनआफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्म जानु नपर्ने लगायतकाथुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यु.आर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमापनि माछापुच्छे बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिदै जानेछ ।