११ चैत, काठमाडौ । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटलबिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरीउक्त ग्रुपका १४ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटलका निर्देशक प्रभाकर खड्का बिच सम्पन्न भयो । उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपि राज पन्त तथा व्यवसाय प्रबर्धन शाखाका प्रविन मुनी बज्राचार्यको उपस्थिती रहेको थियो ।





