आर्थिक

बैंक अफ काठमाण्डूको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा संचालनमा

११ चैत, काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहकलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ । विश्व बैंकिङ्ग बजारमा निकैनै परिचितयस ओम्नी च्यानल सेवा यस बैंक अफ काठमाण्डू लिमिटेडका खाताबहाक तथा यस बैंकमा खाता नभएका सम्पूर्णहरुले उपयोग गर्न सक्नेछन् । यस परिस्कृत सेवाले हाल ग्राहकहरुले अनुभव गरिरहेको विभिन्न समस्याहरुको निवारण गर्नेछ । हाल बैंकहरुले ग्राहकहरुलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिनाएप पनि प्रयोग गर्न सकिनेछ ।
यस परिस्कृत सेवाबाट ग्राहकहरुले विभिन्न माध्यममार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाईल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाईल, इन्टरनेट, टेलिभिजन, विधुत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, हरुको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधीहरुसंग भेटको लागि समय मिलाउन, डिजिटल टोक नलिई आफ्नो तोकिएको समयमा सेवाउपयोग गर्न, आफ्नो पासवड भुलवस विर्सिएमा आफैंले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटिएम सेवाहरुको जानकारी लिन, विदेशि विनिमय दरको जानकारी लिन आदी सेवाको उपयोग गर्न सकिने छ ।