राष्ट्रिय तथाअन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मानगर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज् अफ नेपालको आयोजना गर्न थालेको हो । हिरोज् अफनेपालको दोस्रो संस्करणमा भने नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमाचिनाएर लाखौंको मायापाउन सफल शेफ सन्तोष शाहलाई सम्मानित गरिएको छ ।
शेफ सन्तोष शाहले यु.के. को मास्टरशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्वगर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुकासाथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनिप्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वितबनाएकँ छन् । शेफ सन्तोष शाह, अनिल केशरी शाह र सुश्री अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, शेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमाबोल्नुका साथै उनको जीवनकायात्राकाचुनौतीहरू पनिवर्णन गरे। यो कार्यक्रमबाट हामी प्रेरणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएका छौं ।उक्तकार्यक्रममा बैंकको उच्च व्यव्ँस्थापन तहका अधिकारीहरूको समेत उपस्थिती थियो ।
नबिलबैंकले शेफ सन्तोष शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित ग¥यो। जसको अनुसरण गर्दै, नबिल बैंकले शेफ शाहको गृह नगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रति बद्धता जनायो।
नबिल बैंकले आगामी दिनहरूमा यस श्रृंखलालाई निरन्तरतादिने योजना बनाएको छ जसले युवाहरूलाई आºनो जीवनमा केही ठूलो काम गरिरहन उत्प्रेरित गरी सताकी हामी सबै उनिहरूको जीवन यात्राबाट प्रेरणा पाउन सकाैं ।





