स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको निधन, १५६ जना थपीए संक्रमीत

१३ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको निधन भएको छ भने १५६ जना संक्रमितहरु थपीएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार ४४ सय १६ जनाको पीसीआर परीक्षणमा उक्त संक्रमण भेटिएको हो ।
बिश्वब्यापी माहामारीका कारण लकडाढन गरेको एक बर्ष पुगेपछि पनि कोरोना नियन्त्रण नभएपछि आक्रान्त बनेका नेपाली जनता ब्राजिललगायतका मुलुकमा पुनः कोरोना संक्रमण बढ्दै गएपछि तनावमा छन् भने नेपाल सरकारले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारको कार्यलाई थप प्रभावकारी बनाउन खोजेको छ । छिमेकी भारतमासमेत भाईरसका संक्रमतिको संख्या बढ्न थालेपछि नेपाल सरकारसमेत तथ सचेत देखिएको छ ।