१३ चैत, काठमाडौं । नेपाल राष्ट्रबैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार माछापुच्छ्रे बैंक लि. ले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्तगर्न सक्नेछन् । उक्त कार्ड मार्फत भारत बाहेक विश्वकाअन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरकोइकमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । आफने कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटकगरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को कारोबार गर्न सक्नेछन् ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलाे पटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाताखोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।





