आर्थिक

गरिमा विकास बैंकले सुरु ग¥यो “रहनुहोस् होसियार” अभियान !

१६ चैत, काठमाडौं । राष्ट्रिय स्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो Internet Fraud/Phishing बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाहगर्ने लक्ष्यका साथआफ्नो सबै सामाजिक संजालबाट एक महिनालामो “रहनुहोस् होसियार”नामक अभियान चलाईरहेको छ । यस अभियानअन्तर्गत हरेक दिन यस बैंकले Internet Fraud/Phishing सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशितगर्दै आईरहेको छ । चिट्ठा परेको छ भन्दै बैकिङ्गविवरण मागेर मोबाईल बैकिङ्गमार्फत हुने ठगीे रअरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदाहुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ । यसअभियानअन्तर्गत गरिमा विकास बैंकको आई.टि.विभागले आफ्नासम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ ।
हल गरिमा विकास बैंक ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवादिदै आईरहेको छ ।