आर्थिक

सभिल बैंकले विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गरी “ग्लोबल मनीविक”मनायो

१७ चैत, काठमाडौ । “समृद्धिको लागिसिभिल बैंक”भन्ने नारा बोकी अगाडी बढी रहेको सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान “ग्लोबल मनीविक” माविविध वित्तिय साक्षरता कार्यक्रमहरुका साथै अन्यकार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले “ग्लोबल मनीविक”को सात दिनमा प्रदेशको रोल क्रमकाअनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना मनाएको थियो।

प्रदेश नं १को बिराटनगर स्थित अर्किड कलेजमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी, प्रदेश नं २ को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोडमार्फत भुक्तानीको थालनी,बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरीएको थियो । यसको अलावा बैंकले विद्युतिय कारोवारका सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइलएप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)काबारेमाश्रब्य दृश्य सामाग्रीतयार गरी आफ्नो सामाजिक संजाल मार्पmत प्रशारण पनि गरेको थियो ।

सिभिल बैंक लिमिटेड र आइसनबिच सम्झौता सम्पन्न

सिभिल बैंक लिमिटेड र आइसनबिच सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंककातर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगकाप्रमुखभोलाबहादूर विष्ट तथा आइसनकातर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरतीश्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौतापत्र अनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्वन्धित परिवारले आइसनसँग सात राष्ट्रहरु (भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायत)मा अनुवन्धित ६४ अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदाप्रथम पटक७प्रतिशत छूट पाउने तथा द्वितीय पटकदेखि थप ५ प्रतिशत समेत गरी कूल १२ प्रतिशत छूट पाउनेछन् ।