आर्थिक

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

१९ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.को क्यूआर सेवा अटो रिक्सामा पनि सूरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनानै भुक्तानीगर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्नु हुनेछ ।

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामाभएको क्यू.आर कोड स्क्यान गरी भुक्तानीगर्न सक्नेछन् । क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत गरेका थिए ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न ख्क्ष्क्ब् ल्भतधयचप अन्तर्गतको जुन सुकै बैंकको ब्त्ःबाट विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्थागरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थितनभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।