आर्थिक

कामना सेवाउत्कृष्ट करदाताको रुपमा सम्मानित

१९ चैत, काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५/२०७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगतवर्षहरुमा जस्तै यस वर्ष पनिआन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो । बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थ मन्त्रि विष्णु प्रसाद पौडेलले सम्मान स्वरुपकदर पत्रप्रदान गरेका थिए । बैंकले आ.व.२०७४÷०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सम्मान प्रदान गरिएको थियो ।
आन्तरिक राजस्व विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्नविधाहरुमा कदर स्वरुपउत्कृष्ट करदाताहरुलाई सम्मान प्रदानगर्दै आइरहेको छ । राज्यप्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै बैंकले आगामी दिनहरुमा सरकारप्रतिको दायित्वलाई अक्षरस पालनागर्दै सरकारले राष्ट्र निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पु¥याउने लक्ष्य सहित स्थापित यस बैंकलाई राज्यद्वाराप्रदान गरिएको गरिमामय सम्मानले अझ बढि हौसला प्रदान गरेको छ र बैंकआफ्नो भिजनअनुरुप खरो रुपमाउत्रिएर राष्ट्र निर्माणमा सबैभन्दा बढी योगदानदिने करदाताको रुपमाआफूलाई स्थापित गरेको छ । यस महत्वपूर्ण उपलब्धिको सुखद क्षणमा नेपाल सरकार, अर्थ मन्त्रालय, ग्राहकहरु, नियामक निकाय, कर्मचारीहरुलगायत अन्य सरोकारवाला सबैमा हार्दिक विकास बैंकले कृतज्ञता प्रकट गरेको छ ।