२० चैत, काठमाडौं । नेपालको अग्रणी बैंक, नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. बिच कृषिप्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषिप्राविधिकहरुलाई सहयोग गर्ने सम्झौताभएको छ । निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र सुनिता न्हेम्हाफुकी, अध्य, आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि, काठमाण्डौंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
साझेदारीको बारेमाबोल्दै, नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, “नबिल बैंकले सदैब दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राह्यस्थ उत्पादनको प्रमुख योगदान्ँकर्ता हो। हामी कृषि प्राविधि कहका आवश्कताअनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पु¥याउन उत्साहित छाैं। यस सँझेदारीस“गै, नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्यगर्दै एक नविन सुरुवात गरेको छ। नबिल बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृति नै परिवर्तन गर्ने नबिल बैंक आशा राख्दछ।”
आर.एण्ड डि.का अध्यक्ष सुनिता न्हेम्हाफूकीले भनिन्, “नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम संचालन गर्न नसक्नु हो । तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलतातर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर.एण्ड.डि. इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तिय पहुँच सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको छ । यसका लागि आर.एण्ड डि. इनोभेटिभ सोलुसनले उद्यमगर्न चाहने प्राविधिकहरुको छनौट गरि उद्यमशिलताविकास सम्बन्धि आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ ।
तीसिफारिस भएका प्राविधिकहरुको व्यवसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैँकले उपलब्ध गराउनेछ । यस कार्यक्रमले कृषि उद्यमशिलताको दिगो विकासस“गै तिनै प्राविधिकमार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिईएको छ । यस कार्यक्रमअन्तर्गत जेटिए, जेटि, आईएस्सीएजी र बि.एस्सी.एजीअध्ययन गरेकाले भागलिन सक्नेछन् ।यस कार्यक्रमअन्तर्गत आगामी एक वर्ष भित्रमाकम्तिमा १०० जना कृषि प्राविधिकहरुलाई उनीहरुकै ठा“उमा उद्यमविकास गर्ने योजना रहेको छ।”
नबिलबैंकको बारेमा
नबिलबैंकलेआÏनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिलरेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जालमार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ.। एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथतीनदशकभन्दा बढीको बैंकिङ अनुभवको साथ,नबिल बैंक ग्राहकहरुलाई मूल्यअभिवृद्धि गर्न उच्च सेवावितरणको लागि लक्षित छ।
आर.एण्ड.डी. को बारेमा
आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. सन् २०१२ देखि सञ्चालनमा आएको छ, जसको लक्ष्य नेपालका किसान समुदायहरूले सामना गरी रहेका चुनौतीहरूलाई सम्बोधन गर्ने छ । कम्पनीले कृषिमूल्य श्रृंखलाको ह®ेक अवयवहरूमा समस्या समाधान गर्दै माटोदेखि बिक्री मोडल रहेको छ ।





