२० चैत, काठमाडौं । माछापुच्छ्रे बैंक लि. ले भिषा कार्ड मार्फत हुने कारोबारहरुलाई अझ सहजबनाउने उद्धेश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । आम ग्राहकलाई नयाँ र सहज सेवाप्रदानगर्दै जाने क्रममा उक्तकन्ट्याकलेस कार्ड सेवा संचालनमाल्याएको हो । कन्ट्याकलेस कार्डसेवाअन्तर्गत कन्ट्याकलेसकार्डको प्रयोग गरी एइक् माकारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त’ट्याप एण्ड पे’ सुविधायुक्त एइक् मा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।
कन्ट्याकलेस कार्डअन्र्तगत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी दुई हजार सम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २००० भन्दा बढिको काराबोर गर्दा कार्डपिननम्वर राख्नुपर्ने हुन्छ । बैंकले उक्त सेवा आफ्नाअधिकांश एइक् मसिनलाई ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नतीगरिसकेको छ । उक्त सुबिधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखीकन्ट्याक्ट लेस कार्ड लिन सक्नेछन् ।





