आर्थिक

अजोड इन्स्योरेन्सको कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम

२२ चैत, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडद्वारा इलाम बजार स्थित कम्पनीको शाखाकार्यालय इलाममा तीन दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । उक्त तालिमकार्यक्रममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु.प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षकको रुपमाकार्य गरे भने सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाण पत्रवितरण गरेका थिए । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।