आर्थिक

नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन बिच सम्झौता

२२ चैत, काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बिच स्थानिय तयारी पोशाक उत्पादन व्यवसँयिहरुलाई आवश्यकताअनुसार बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता गरेको छ ।
श्री निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंकर किशोर नेपाल, अध्यक्ष, एन.एस.टी.पि.उ.एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सो कार्यक्रममा नबिल बैंकको तर्फबाट श्री मनोज कुमार यादव, प्रबन्धक–लघुवित्त विभाग र एन.एस.टी.पि.उ.एसको तर्फबाट  सुमितप्रधान, उपाध्यक्षको उपस्थिति थियो ।
साझेदारीको बारेमाबोल्दैै निरज कुमार बस्नेत (डनिल)ले भने, “राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तिय पहुँचको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास राख्दछ । यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पु¥याउने लक्षयका साथ स्थानीयतयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत बिभिन्न प्रकारका बैंकिङ सुविधा उपलब्ध गराउने छ । नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमाएन.एस.टी.पि.उ.एस संगको यस सहकार्य मार्फत देशभरका स्थानीय व्यवसायिहरुको “मेक इन नेपाल“उत्पादनहरुलाई प्रोत्साहन गरि सहयोग पु¥याउन उत्साहित छ ।”
त्यस्तै नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष, किशोर नेपालले भने “नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं भन्ने मुल नाराका साथ नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थापना भएको छ । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठुलो सम्भावना र आशाको किरण तथा सम्बृद्धीको बाटो हुनेमा विश्वस्त भएको बैंकले बताएको छ ।