२१ चैत, काठमाडौं । साँग्रीला विकास बैंकको १२ औं साधारण सभा सम्पन्न भएको छ । आज लैनचौर बैंक्वेटमा जुम प्रबिधिबाट सम्पन्न भएको साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम दुई अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० को ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।






