आर्थिक

नयाँवर्षको अवसरमा सानिमा बैंकको नववर्ष २०७८, नयाँ रहर, नयाँ अफरयोजना

२७ चैत, काठमाडौं । नयाँवर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि“नववर्ष २०७८, नयाँ रहर, नयाँअफर योजना” सार्वजनिक गरेको छ । अनलाइन सपिङ्गपोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामानखरिद गर्दा विशेष छुट दिने भएको हो ।
यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा १५ प्रतिशत वाअधिकतम् एक हजार सम्मको छुट प्राप्तगर्न सक्नेछन् भने क्रेडिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा २० प्रतिशत वा अधिकतम् रु १५ सय सम्मको छुट प्राप्तगर्न सक्नेछन् । यो योजना २०७७चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ । उक्त सम्झौतापत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरे । सानिमा बैंककोे डेबिट तथा क्रेडिट कार्डकालागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ ।