आर्थिक

राष्ट्रपतिद्वारा एन आई सीका कार्यकारी न्यौपानेलाई ‘प्रबल जनसेवा’ विभूषण प्रदान

२७ चैत, काठमाडौं । राष्ट्रपतिद्वारा एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा (चतुर्थ)’ विभूषण प्रदान गरेकी छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्माननीय राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा आज मा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच सम्माननीय राष्ट्रपतिबाट उक्त विभूषण प्रदान गरिएको हो । साथै, सोही विशेष समारोहका बीच सम्माननीय राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिन् । बैंकले प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट सम्माननीय राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ ।