अन्तर्राष्ट्रिय

कोरोना कहरः भारतमा आज फेरी एकैदिन १ लाख ४४ हजार वढीमा संक्रमण पुष्टि

२८ चैत्र, काठमाडौं । भारतमा एकै दिन एक लाख ४४ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

गत २४ घण्टाभित्र त्यहाँ एक लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित थपिएका हुन् । उक्त अवधिमा भारतमा ७७३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ ।

भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ । जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ । त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख दुई हजार ७८३ पुगेको छ ।

उक्त संक्रमितमध्ये एक करोड १९ लाख ८७ हजार ९४० जना निको भइसकेका छन् भने १० लाख ४६ हजार ३७६ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म कोरोना संक्रमणका कारण एक लाख ६८ हजार ४६७ जनाले ज्यान गुमाइसकेका छन् ।