३० चैत्र, काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएसंगै नेपाल फेरी उच्च जोखिममा परेको छ ।
पछिल्ला केहिदिनहरुमा भारतमा तिब्र बन्दैगएको कोरोनाको प्रभाव नेपालमा देखिन थालेको छ ।
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमीत र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यस्तै बुटवलमा दुई कोरोना संक्रमीतको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना बिशेष अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्युठान जिल्लाको स्वर्गद्वारी ९ का ४३ वर्षका पुरुष र रुपन्देहीको तिलोत्तमा १ की कि ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा बिष्णु गौतमले जानकारी दिएका छन् ।
चैत्र १० गते पीसिआर रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको र चैत्र २३ गते भर्ना भएकी महिलाको बिहान ७ बजेर ३३ मिनेटमा मृत्यु भएको हो । दुबै जनामा निमोनियाँको समस्या थियो ।





